जाजरकोटमा चिसोले नौ भूकम्पपीडितको मृत्यु
चिसोले गर्दा जाजरकोट एक भूकम्पपीडितको मृत्यु भएको छ। भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो। उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। त्यहाँ उपचार नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको थियो। तर सुर्खेत पुर्याउँदा पनि उनको उपचार सम्भव भएन। शनिबार बिहान उनको ज्यान गयो। भूकम्पपछि त्रिपालमुनि चिसोका कारण जाजरकोटमा ३१ र रुकुम पश्चिममा ५ गरी ३६ जनाको मृत्यु भइसकेको छ। हिउँदको कठ्यांग्रिदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरूको ज्यान जाने क्रम रोकिएको छैन।