राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटमा सत्ता गठबन्धनमा सहभागी दलहरुबीच छलफल जारी
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनमा सहभागी दलहरुबीच छलफल जारी छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहित सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बसेको हो ।
११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा मिलेर चुनाव लड्ने तयारीमा रहेका सत्ता गठबन्धनका दलहरुबीच शनिबार सिट बाँडफाँटका विषयमा छलफल भएको छ । सात प्रदेशमा १९ सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा कुन दलले कति सिट लिने भन्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।