सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक
काठमाडौं । सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रुस–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागले आज बिहीवार एउटा सूचना निकालेर यी वटा दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको हो ।पछिल्लो समय रुस–युक्रेनबीचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीको ज्यान गएको खबर आइरहेका छन् । रुसी फौजमा भर्ना भएका १० जना नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ । एक सय जना सम्पर्कविहीन रहेका परराष्ट्रमन्त्री एनपी साउदले नै बताइसक्नुभएको छ ।