10:15PM
चैत्र १३ गते २०८१

मौद्रिक नीतिको असर : कुन बैंकको ब्याजदर कति ?

पौष २ गते २०८०
8:23 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा बैंक दरसँगै नीतिगत दर र निक्षेप सङ्कलन दर घटेसँगै यसको प्रत्यक्ष असर बैंकको ब्याजदरमा परेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत यसअघिको ७।५ प्रतिशतको बैंकदरलाई घटाएर ७ प्रतिशत, ६।५ प्रतिशतको नीतिगत दरलाई ५।५ प्रतिशत र ४।५ प्रतिशत रहेको निक्षेप सङ्कलन बोलकबोल दरलाई ३ प्रतिशतमा झारेको थियो । योसँगै यता बैंकहरुको निक्षेपको ब्याजदर १ प्रतिशत बढीले घट्न पुगेको हो । मौद्रिक नीतिको समीक्षा लगत्तै ब्याजदर पुनरावलोकन सुरु गरेका बैंकहरुले पुस महिनाका लागि घट्दो दरमा नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । हिमालयन बैंकले अघिल्लो महिनाको तुलनामा सबैभन्दा १।९९७ प्रतिशतले ब्याजदर घटाएको छ भने माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक र एभरेष्ट बैंकले १ प्रतिशतले ब्याजदर घटाएका छन् । यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स् बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, एनएमबि बैंक, प्रभू बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, स्ट्यान्र्ड चार्टर्ड बैंक र नेपाल बैंकले आफ्नो ब्याजदर १ प्रतिशत कमले घटाएका छन् । बैंकहरुले अघिल्लो मङ्सिर महिनाका लागि न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०।२५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका थिए । उसो पछिल्लो समय बैंकहरुमा अधिकतम तरलता थुप्रिएसँगै लगानीको अभावमा ब्याजदर घटाउनुपर्ने बाध्यता आइलागेको छ । बैंक तथा वित्तीय संस्थाहरूसँग ५ खर्ब बढी तरलता ९लगानी योग्य पुँजी० रहेको छ ।

रिप्लाई गर्नुहोस