रियल मड्रिडले भिल्लारियाललाई हराएर स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लियो

काठमाडौं। जुड बेलिङह्यामले आफ्नो गोलवर्षा जारी राख्दा रियल मड्रिडले काठमाडौं। भिल्लारियाललाई हराएर स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी बनेको हो । खेलको २५ औँ मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै बेलिङह्यामले रियललाई अग्रता दिलाए । ३७ औँ मिनेटमा रोड्रिगोले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा होसे लुइस मोरालेसले भिल्लारियालका लागि गोल फर्काए । यद्यपि, यो गोल सान्त्वना मात्र बन्न पुग्यो । ब्राहिम डियाज र मोड्रिचले ४ मिनेटमा अन्तरमा दुई गोल थप्दै टोलीलाई शानदार जीत दिलाए । १७ खेलपछि रियलको ४२ अङ्क रहेको छ । एक खेल कम खेलेको जिरोनाको ४१ अङ्क छ । सोमबार आलाभेसलाई हराए जिरोनाले रियललाई उछिन्नेछ । भिल्लारियाल भने १६ अङ्कसहित लिगको १४ औँ स्थानमा छ ।
