02:46AM
असार ३ गते २०८२

एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल २-१ पराजित

जेठ २८ गते २०८२
8:25 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा लाओसले नेपाललाई २-१ गोलअन्तरले हराएको हो । लाओसले दुवै हाफमा १-१ गोल गरेको थियो । पहिलो हाफको १३औं मिनेटमा दामोथ थोङ्खामसाभाथले हेडरमार्फत गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफको ४९औं मिनेटमा पिटर पान्थावोङले डिबक्स बाहिरबाट सोझै प्रहार गरेको बल गोलकिपर किरणले बचाउन नसक्दा लाओसले अग्रता दोब्बर पार्‍यो । ७३औं मिनेटमा मनिष डाँगीले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत गरेका थिए । तर त्यसपछि थप गोल हुन सकेन र लाओसले नेपालविरुद्ध पहिलोपटक जित निकाल्न सफल भयो ।

नेपाल लाओससँग यस खेल अघिसम्म ६ खेल खेल्दा पराजित भएको थिएन । नेपालले ४ खेल जित्दा दुई खेल बराबरीमा सकिएका थिए । आजको खेलमा पराजित भएपछि लाओससँगको अपराजित नतिजामा ब्रेक लागेको छ । समूह एफमा रहेका नेपाल र लाओस दुवैले छनोटको पहिलो खेलमा हार व्यहोरेका थिए ।

रिप्लाई गर्नुहोस