07:02AM
जेठ १ गते २०८२

नेपाल सुपर लिग एनएसएलमा आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै

मंसिर २८ गते २०८०
8:29 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । नेपाल सुपर लिग एनएसएल २०२३ अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालc साँझ ५ बजे सुरु हुनेछ । यस ससिजन अपराजित दुई मध्ये एक धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर छ । चार खेलमा २ जित र २ बराबरीबाट ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको ललितपुर ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । आज जित हात पारे धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ । अर्कोतर्फ चितवन भने पाँच खेलबाट पाँच अंकसहित बटम हाफमा छ । चितवनले एक खेल मात्र जित्दा २ खेल बराबरी गरेको थियो भने दुई खेलमा पराजित भएको थियो ।

रिप्लाई गर्नुहोस