01:51PM
असार २८ गते २०८२

१९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे सेमिफाइनल समीकरण पूरा

मंसिर २७ गते २०८०
7:33 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ – एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । आज बुधवार भएको समूह चरणको दुई वटा खेलबाट बङ्ग्लादेश र यूएई सेमिफाइनलमा पुगे । योसँगै अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो । फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा पाकिस्तान र यूएई खेल्ने भएका छन् । पाकिस्तान समूह एु को विजेता र यूएई समूह बीु को उपविजेता हो । यस्तै दोस्रो सेमिफाइनलमा समूह एु को उपविजेता भारत र समूह बीु को विजेता बङ्ग्लादेश खेल्ने भएका छन् । आज दुबईको एसीसी एकेडेमीमा भएको खेलमा बङ्ग्लादेशले श्रीलङ्कालाई ६ विकेटले हरायो । श्रीलङ्काले दिएको दुई सय रनको लक्ष्य बङ्ग्लादेशले ४० ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । यस्तै आईसीसी एकेडेमी ग्राउन्ड–२ मा भएको खेलमा यूएईले जापानलाई १ सय ७ रनले हरायो । यूएईले दिएको ३ सय २१ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय १३ रनमात्र बनाउन सक्यो । प्रतियोगिताको सेमिफाइनल खेल आउँदो शुक्रवार हुनेछ भने फाइनल खेल आउँदो आइतवार हुनेछ ।

रिप्लाई गर्नुहोस