12:30AM
पौष ७ गते २०८२

वर्ल्ड फिल्म फेस्टिभलमा ‘हल्कारा’

कार्तिक १३ गते २०८०
10:50 am
Author Avatar
आर्थिक मञ्च

‘हल्कारा आगामी ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म हो । अमेरिकामा हुन लागेको एसियन वर्ल्ड फिल्म फेस्टिभलको नवौं संस्करणमा छनोट भएको छ ।

कात्तिक २२ देखि मंसिर १७ गतेसम्म अमेरिकाको लस(एन्जलसस्थित कल्भर सिटीमा हुन गइरहेको फेस्टिभलमा छनोट भएको हो । प्रतिस्पर्धाको लाइनअपमा यस वर्ष ओस्कारमा सिफारिस भएका एसियाली मुलुकका अन्य फिल्म पनि समावेश छन् ।

विक्रम सापकोटाको निर्देशनमा बनेको फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामको कथा समावेश गरेको छ । एक हुलाकीको माध्यमबाट निर्देशकले कथा भन्ने प्रयत्न गरेका छन् ।

फिल्ममा महेश त्रिपाठीले हुलाकीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा विनिता थापा मगरको पनि शीर्ष भूमिका छ । फेस्टिभलको ओपनिङ फिल्ममा यस वर्ष ओस्कारमा सिफारिस दक्षिण कोरियाली फिल्म ‘कंक्रिट युटोपिया’ र समापन फिल्ममा चीनको ‘क्रिएसन अफ द गड्स आइ किङ्डम अफ स्ट्रोम्स’रहेका छन् ।

रिप्लाई गर्नुहोस