यस वर्षको मनसुन बाहिरिएरिदै
यस वर्षको मनसुन नेपालबाट अलि ढिला बाहिरिएको छ । नेपालमा मनसुन १३ दिन जति ढिलो बाहिरिएको छ । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ ।
हालको मौसम देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको सफा रहेको छ। सोमबार देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागको आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रका हल्का हिमपातको सम्भावना रहेको छ।