01:58AM
जेठ ११ गते २०८२

मेगा क्यापिटल एनआईबिएल एस क्यापिटलमा गाभियो

असार १९ गते २०८०
6:45 PM
Author Avatar
आर्थिक मञ्च

मेगा म्यापिटल लिमिटेड एनआईबिएल एस क्यापिटलमा गाभिने भएको छ । कम्पनीको विशेष साधारण सभाले एक्विजिसन तथा प्राप्तिका लागि सहमति दिएसँगै कम्पनी रजिष्ट्रारको कार्यालयले पनि असार ११ गते मर्जरका लागि अन्तिम स्वीकृति पाएको हो ।

यी दुई कम्पनीले आजबाट अर्थात् असार १८ गतेदेखि एकीकृत कारोबारमा जाँदैछन् । मर्जर पश्चात मर्चेट कम्पनीको नाम एनआईबिएल एस क्यापिटल रहने छ । कम्पनीले मेगा क्यापिटललाई प्राप्ति एक्विजिसन गरे पश्चात कम्पनीको चुक्ता पुँजी ४७ करोड पुग्ने ।

कम्पनीको हितग्राही खाता संख्या ४ लाख ८५ हजारभन्दा बढी हुनेछ भने ७ वटा शाखा कार्यालयहरु र ५५ वटाभन्दा बढी कम्पनीको शेयर रजिष्ट्रार कार्य मार्फत करिब २५ लाखभन्दा बढी शेयरधनीहरुलाई सेवा प्रदान हुने कम्पनीले जनाएको छ ।

रिप्लाई गर्नुहोस