बिग मार्टमा स्मार्ट क्यूआरको प्रयोगमा १० प्रतिशत छुट

बिग मार्टमा सामान खरिद गर्दा स्मार्ट क्यूआरमार्फत खरिद गर्ने ग्राहकले १० प्रतिशत छुट पाउने भएका छन् । बिग मार्टको चौधौं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर र बिग मार्टबीच छुट अफरसम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतामा बिगमार्टमा कुनै पनि सामान खरिद गरेबापतको भुक्तानी स्मार्ट क्यूआर मार्फत् गर्ने ग्राहकले १० प्रतिशत अधिकतम १५० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् ।
यो योजना २०८० असार १६ देखि साउन १५ सम्म लागू हुनेछ । यस अवधिभरमा हरेक ग्राहकले ५०० रुपैयाँसम्म छुट पाउन सक्नेछन् छन् । यो सुविधा सम्पूर्ण बिग मार्टको सम्पूर्ण शाखाहरुमा लागु हुनेछ ।
यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआईसी एशिया बैंक, आईएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेष्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, पेवेल, यान क्यास साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने छन् ।
