12:53AM
जेठ ११ गते २०८२

सेयर बजारमा दोहोरो अंकको गिरावट

असार १७ गते २०८०
7:10 PM
Author Avatar
आर्थिक मञ्च

साताको पहिलो कारोबार आईतबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज सेयर बजार ५३.७० अंकले घटेर २०९७ विन्दुमा पुगेको हो ।
आज २८६ वटा कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता अर्थात ५ अर्ब ८ करोड १९ लाख ७६ हजार रुपैंया बराबरको सेयर कारोबार भएको छ ।
नेप्सेमा रहेका सबै उपसूचक आज राताम्मै भएका छन् ।
आज बजार घट्दा श्रीजनशील लघुवित्तको सेयर मूल्य ९.३२ प्रतिशत साथै माउन्टेन इनर्जी लिमिटेडको सेयर मूल्य ९.१२ प्रतिशत, ग्रामिण विकास लघुवित्तको सेयर मूल्य ९.०१ प्रतिशत, र साधना लघुवित्तको ७.५८ प्रतिशत सेयर मूल्यमा गिरावट आएको छ ।

रिप्लाई गर्नुहोस