02:52PM
श्रावण ४ गते २०८२

बालाजी सिमेन्ट भारतमा निर्यात

असार १७ गते २०८०
1:43 pm
Author Avatar
आर्थिक मञ्च

बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले आफ्ना उत्पादन भारत निर्यात गर्न थालेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–६ मा अवस्थित बालाजी सिमेन्टबाट उत्पादित सिमेन्ट सोमबारदेखि भारत निर्यात गर्न थालिएको कम्पनीका प्रबन्ध निर्देशकले जनाएका छन् ।

बालाजी सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादित बहुवली र श्रृष्टि ब्राण्डका पीपीसी सिमेन्टलाई भारत सरकारको ब्युरो अफ इण्डियन स्ट्याण्डर्स बीआईएसले गुणस्तर सम्बन्धी इण्डियन स्ट्याण्डर्ड इन्स्टिच्युट आईएसआई चिन्ह दिए लगत्तै सिमेन्ट निर्यातको बाटो खुलेको निर्देशकले बताए ।

पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट पठाइएको छ । २ वटा ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत तर्फ निर्यात गरिएको उनले उल्लेख गरेका छन् । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात थालिएको हो ।

प्रबन्ध निर्देशक अग्रवालका अनुसार बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ । उद्योगले बहुवली र श्रृष्टि ब्राण्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

रिप्लाई गर्नुहोस