प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयकमाथि छलफल हुँदै

प्रतिनिधि सभा बैठकमा आज आर्थिक विधेयकमाथि छलफल गरिने भएको छ । आज गरिने बैठकबाट आर्थिक विधेयक पारित गर्ने तयारी गरिएको हो ।
आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आजै आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको जनाईएको छ । विनियोजन विधेयक यसअघि नै पारित भइसकेको र अब यी विधेयक पारित भएपछि बजेट कार्यान्वयनको बाटो खुल्ला रहने छ ।
