01:59AM
असार ३ गते २०८२

अब नेपाली बजारमा प्राइम टाइल्स बिक्रीमा ल्याइने

असार १५ गते २०८०
1:24 pm
Author Avatar
आर्थिक मञ्च

प्राइम सेरामिक्स प्रा.लि. ले बिहीबारदेखि आफ्नो उत्पादन प्राइम–टाइल्स् विथ स्टाइल लाई बिक्री–वितरणमा ल्याएको छ । नविन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुनः परिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्स प्रा.ली.ले रौतहटस्थित बृन्दावन नगरपालिका–६ मा १० बिघा क्षेत्रफलमा अत्याधुनिक इटालियन प्रविधिद्वारा पूर्णरुपमा स्वचालित उद्योगको स्थापना गरेको कम्पनीको भनाई छ ।

विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी एसएसीएमआईको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले कम नरहेको अन्तर्राष्ट्रिय ब्रान्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको जनाइइएको छ । कम्पनीले हाल अधिकतम २ः ४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईँमा लाग्ने टाइल्स उत्पादन गर्नेछ ।

विगत दुई दशकदेखि नेपालमा टायल व्यापारको अनुभव बोकेको सीएमएस ग्रुप र फर्चुन भेन्चर्सद्वारा प्रवर्द्धित प्राइम सेरामिक्स प्रालिको कूल लगानी दुई अर्ब रुपैयाँ रहेको छ ।

रिप्लाई गर्नुहोस