06:36PM
चैत्र २ गते २०८१

विश्वासको मत लिन कोशी प्रदेशसभाको बैठक बस्दै

असार १५ गते २०८०
12:23 PM
Author Avatar
आर्थिक मञ्च

कोशी प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएकोले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आज सुरु भएको हो ।

आज मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको जनाईएको छ । बैठक आज १२ बजेबाट सुरु भएको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको सङ्कट उत्पन्न भए पछि मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री कार्कीलाई एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने जनाइसकेको छ । राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोशी प्रदेश सभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक हुने जनाईएको छ ।

रिप्लाई गर्नुहोस