01:38AM
असार ३ गते २०८२

मुटुरोगलाई नर्भिकमा निःशुल्क ओपिडी

असार १५ गते २०८०
12:53 pm
Author Avatar
आर्थिक मञ्च

भोलि १६ गते शनिबार नर्भिक इन्टरनेशनल हस्पिटलमा निःशुल्क कार्डियोलोजीसम्बन्धी ओपिडी हुने भएको छ । गत शनिबार पनि अस्पतालका मुटुरोग विशेषज्ञ कन्सलट्यान्ट कार्डियोलोजिष्ट डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो ।

सर्वसाधारणहरूको अत्यधिक सहभागिता र मागका कारण डा. सिलवालको टिमले आगामी शनिबार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो । शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

निःशुल्क ओपिडी सेवाका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ ।

रिप्लाई गर्नुहोस