02:15PM
चैत्र १४ गते २०८१

असार २४ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै एक कम्पनी

असार १५ गते २०८०
8:47 AM
Author Avatar
आर्थिक मञ्च

असार २४ गतेदेखि हाइड्रोपावरले प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । भगवती हाइड्रोपावरले पहिलो चरणमा स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।
हाइड्रोपावरको जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको सेयरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्ने छ । उक्त आईपीओमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ ९साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७० का स्थानिय बासिन्दाहरुले आवेदन दिन सकिने छ ।
साथै जम्मा शेयरको १० प्रतिशतले हुन आउने ८५ लाख ८१ हजार सेयरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सकिने छ । उक्त शेयरमा न्यूनतम १० कित्ता देखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ७ गते हुनेछ भने ढिलोमा साउन २२ गते हुनेछ। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साउन ७ गते सम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

रिप्लाई गर्नुहोस