05:26PM
चैत्र २ गते २०८१

असार तेस्रो साताभित्र एसईईको नतिजा प्रकाशन गर्ने तयारी

असार १४ गते २०८०
8:45 PM
Author Avatar
आर्थिक मञ्च

माध्यमिक शिक्षा परीक्षा शैक्षिक सत्र २०७९ को (एसईई) नतिजा प्रकाशन अन्तिम चरणमा रहेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा रहेको बताएको हो । राष्ट्रिय परीक्षा बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालिरहेको जनाएको छ । नतिजा प्रकाशनका लागि आवश्यक गृहकार्य भइरहेको बोर्डको भनाई रहेको छ ।
नतिजाको प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण तथा रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको बोर्डले जनाएको छ ।

रिप्लाई गर्नुहोस