निजी विद्यालयका शिक्षकलाई सामुदायिक सरह तलब बनाउन बलेनको निर्देसन

काठमाडौं उपत्यकाका निजी विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालयका शिक्षक सरहको तलब बनाउन महाँनगर प्रमुख बालेन शाहले निर्देशन दिएका छन् । काठमाडौंका निजी विद्यालयका शिक्षकले सामुदायिक विद्यालयका शिक्षक सरह तलब पाउने भएका हुन् ।
फेसबुक मार्फत शाहले एक स्टाटस लेख्दै सामुदायिक र निजी विद्यालयका शिक्षकको तलब सुविधा बराबर हुनुपर्ने भन्दै संस्थागत विद्यालयहरुलाई यस्तो निर्देशन दिएका छन् । काठमाडौं महानगरपालिकामा निजी विद्यालयका शिक्षकहरूको पारिश्रमिक सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने मेयर बालेनले बताएका छन् ।
