साउदीमा नेपाली सुरक्षागार्डको मृत्यु
अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावास नजिककै रहेको एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ । मारिनेमा एक जना सुरक्षा गार्ड र एक जना बन्दुकधारी रहेको उल्लेख गरेको छ ।
घटनामा कुनै पनि अमेरिकी नागरिकलाई क्षति नपुगेको जनाइएको छ । साउदी प्रेस एजेन्सीका अनुसार गोलाबारीमा अमेरिकाको वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो । मृतकको नाम भने खुलाइएको छैन ।
साउदी अरबको मिडिया रिपोर्टमा एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि गाडी रोकेर बन्दुकसहित सुरक्षा बल सामु पुगेका थिए । त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो । अमेरिकी दूतावास र साउदी अरब प्रशासनले घटनाबारे जाँच गरिरहेको छ ।