12:22AM
मंसिर १८ गते २०८१

फोनेपे र नमस्तेपेबीच सम्झौता

असार १४ गते २०८०
1:57 PM
Author Avatar
आर्थिक मञ्च

नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच क्यूआर भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यूआर भुक्तानी गर्न सक्छन् ।

नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्यूआर मार्फत पनि भुक्तानी गर्न सक्ने जनाईएको छ । नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विस्वास कम्पनिको छ ।

रिप्लाई गर्नुहोस