आज घरघरमा तुलसीको बिरुवा सारि हरिशयनी एकादशी मनाईँदै
आज घरघरमा तुलसीको बिरुवा सारेर हरिशयनी एकादशी मनाईँने गरिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
आज ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा मोठमा सारिन्छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि रहेको छ ।
आज बिहानैदेखि हरिशयनी एकादशीका अवसरमा राजधानीको बूढानीलकण्ठ, चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको घुईँचो लाग्ने गर्दछ ।