11:21AM
वैशाख १८ गते २०८३

छोराद्वारा नवलपरासीमा आमाको हत्या

असार १३ गते २०८०
11:48 am
Author Avatar
आर्थिक मञ्च

नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । ५० वर्षीय बुद्धिरानी मुसहरलाई २५ वर्षीय छोरा शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ ।

पारिवारिक विवादमा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारीले बताए ।

हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्यापछि कुमार भागेर लुकिछिपी बसेको अवस्थामा रुपन्देहीबाट पक्राउ परेका हुन् ।

रिप्लाई गर्नुहोस