छोराद्वारा नवलपरासीमा आमाको हत्या
नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । ५० वर्षीय बुद्धिरानी मुसहरलाई २५ वर्षीय छोरा शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ ।
पारिवारिक विवादमा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारीले बताए ।
हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्यापछि कुमार भागेर लुकिछिपी बसेको अवस्थामा रुपन्देहीबाट पक्राउ परेका हुन् ।
