02:40PM
चैत्र १४ गते २०८१

डाइभर्सन बगाउदा मेची राजमार्ग पुनः अवरुद्ध

असार १३ गते २०८०
11:38 AM
Author Avatar
आर्थिक मञ्च

मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध भएको छ । केहि समयको लागि यातायात नियमित भए पनि डाइभर्सनमा गए राति आएको बाढीले क्षति हुदाँ यातायात पुनः अवरुद्ध बनेको हो ।

बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षकले जानकारी दिए। प्रहरीले यातायात अवरुद्ध भएकाले मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरेको छ ।

यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । यातायात अवरुद्ध भएपछि चार दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मङ्गलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो । पानीको बहाव घटेपछि गए राति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो ।

रिप्लाई गर्नुहोस