02:37AM
असार ३ गते २०८२

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जरपछिको थप बीमा योजना

असार १२ गते २०८०
1:06 pm
Author Avatar
आर्थिक मञ्च

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी तयारी गरिरहेको छ । एकीकृत कारोबार पछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ ले मर्जरपछि श्रावण १ गतेबाट बिक्री वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरू ल्याउने भएको छ ।

नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरू स्वीकृति समेत प्राप्त भैसकेको जनाइएको छ । स्वीकृत बीमा योजनाहरूमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारिक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीवृद्धि बीमा, गज्जबको लगानी फिर्ता बीमा,

डवल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, वैभव जीवन बीमा, जीवन उन्नति बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरू रहेको जनाइएको छ ।

रिप्लाई गर्नुहोस