07:27PM
चैत्र २ गते २०८१

कुमारी बैंकको लगानीमा जलविद्युत आयोजना

असार ११ गते २०८०
6:19 PM
Author Avatar
आर्थिक मञ्च

कुमारी बैंकको लगानीमा जलविद्युत आयोजना निर्माण हुने भएको छ । सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको हो ।
कुमारी बैंक र साझा पावरबीच मंगलबार हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । साझा पावरका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जीव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल साथै बैंकका तर्फबाट परियोजना वित्त पोषण प्रमुख भूषण तण्डुकारले हस्ताक्षर गरेका छन् ।
बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४४० करोड रुपैयाँ लगानी रहेको छ । जसमा ७५ प्रतिशत कुमारी बैंकले लगानी गर्नेछ । बाँकी रहेको २५ प्रतिशत रिडी पावरले लगानी गर्ने बताईएको छ ।

रिप्लाई गर्नुहोस