06:45PM
चैत्र २ गते २०८१

प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

असार ११ गते २०८०
1:03 PM
Author Avatar
आर्थिक मञ्च

रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् ।

‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको अनुहारमा लागेको थियो । मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका थिए । आधा घण्टापछि सपुतले पुनः गायनलाई निरन्तरता दिए । याद नेपाली म्युजिक फेस्टिभल भाग-२ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागी भएका हुन् ।

बोतल प्रहारको घटनालाई लिएर संगीतकर्मीले विरोध गरिरहेका छन् । आज बिहानैदेखि यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

रिप्लाई गर्नुहोस