12:28PM
असार २ गते २०८१

राष्ट्रियसभाको बैठक आज बस्दै

असार १० गते २०८०
12:23 PM
Author Avatar
आर्थिक मञ्च

आज दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभाको बैठक बस्दै छ ।

बैठकमा प्रधानमन्त्रीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८/०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्नेछन् भने राष्ट्रियसभाका पूर्व सदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

रिप्लाई गर्नुहोस