नयाँ मूल्यमा बेनेली बाइक

केटीएम इन्टरनेशनल ट्रेडिङले विगत ८ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । केटिएम इन्टरनेशनल ट्रेडिङ्गले २०१५ देखि आयात गरेर विक्री गर्दै आएको हो ।
अहिले बजारमा केटीएमले बेनेलीको १२५ सि सि देखि ७५२ सिसिसम्मको मोटरसाइकल विक्री बितरण गर्दै आएको छ ।
यसैबीच आ.ब. २०८०/०८१ को नयाँ बजेट पश्चात् असार ८ देखि लागू हुने गरी बेनेलीका विभिन्न मोडलका मोटरसाइकलहरुको मूल्यमा ६०,००० सम्म छुट गरी बिक्री गर्ने कम्पनीले जनाएको छ ।
