कृषि विकास बैंकको कर्जा ब्याज छुट कार्यक्रम
कृषि विकास बैङ्कबाट कर्जा लिई कारोबार गरिरहेका ग्राहकहरूलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने व्याज रकम चुक्ता गरेमा व्याज रकममा ७ प्रतिशत छुट हुने भएको छ । थप जानकारीका लागि बैंकले आफूले कारोबार गरिरहेको बैंकमा सम्पर्क गर्न समेत आह्वान गरेको छ ।
पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैङ्कबाट कर्जा लिई कारोबार गरिरहहेका व्यवसायीहरुलाई कर्जा असुलीमा समस्या परेकोले बैंकले प्रदान गरेको छुट सुविधाबाट केही भएपनि राहत महसुस गरुन् भनी बैंकले यो सुविधा ल्याएको बताएको छ ।
विशेष गरी कृषि पेसामा आबद्ध परिवारमा बैंकको कर्जा बढी लगानी रहेकोले त्यस्ता खालका ग्राहकहरूले यस छुट सुविधाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।
