01:08AM
जेठ ११ गते २०८२

रेमिटेन्स रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत

असार ८ गते २०८०
12:44 PM
Author Avatar
आर्थिक मञ्च

अब विदेशबाट आएको रेमिटेन्स रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत सहजै बुझ्न सकिने भएको छ ।

अब बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिटेन्स रकम बैंकमा रहेको खातामा डिपोजिट गर्न सक्नेछन् ।

डिजिटल कारोबारमा ग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकतालाई सघाउ पुग्नेगरी आएको सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि NICASIA Bank भित्रको Remittance आइकनमा ट्याप गरेर  Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिने जनाइएको छ ।

रिप्लाई गर्नुहोस