01:45AM
जेठ ११ गते २०८२

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिला आर्थिक सहयोग कार्यक्रम

असार ७ गते २०८०
1:46 PM
Author Avatar
आर्थिक मञ्च

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ । बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग गर्नेछ ।

बैंकले “नारी बचत खाता” बापत बैंकको तर्फबाट मासिक रु. १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गर्दैै आएकोे छ । उक्त संकलित रकम नारी उत्थानका लागि खर्च गर्ने उद्देश्यले नै बैंकले पाटन अस्पतालसँग यो सम्झौता गरेको हो । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप हेमराज संज्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

रिप्लाई गर्नुहोस