दराज अनलाइन सपिङको अफर

अनलाइन बजार दराजले ‘पे-डेको झट्का’ अभियान घोषणा गरेको छ । प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभ लिनको लागि डे को सुरुवात गरिएको बताईएको छ ।
पे-डेको झट्का अभियान ४ दिन असार ७-१० रहने छ । अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकहरुले निस् शुल्क डेलिभरीको सुबिधा पाउनेछन् । यसका साथसाथै ग्राहकहरूले रु. ७७७ सम्मको भाउचरहरू पनि प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै दराजले पनि अभियानको क्रममा ईसेवा मार्फत २०% छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी दराजमलबाट सामान किन्दा मेगा गिवअवेको रुपमा ग्राहकहरुले सामसुङ ग्यालेक्सी एमओफोर प्राप्त गर्न सक्नेछन् ।
