नवलपरासीमा एभरेस्ट बैंकको १२६ औँ शाखा

एभरेस्ट बैंक लिमिटेडले नवलपरासीको दलदलेमा १२६ औँ शाखा उद्घाटन गरेको छ । शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष साथै बैंकका अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन् ।
बैंकका प्रमुख अधिकृत खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरूलाई गुणस्तरीय सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्दै पन्जाब नेशनल बैंक भारतसँगको साझेदारीले गर्दा स्थानीय बासिन्दा र पूर्व भारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने बताए ।
उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाका वरिष्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, सशस्त्र प्रहरी बलका निरीक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधीर गौतम आदिको उपस्थिति रहेको थियो ।
