03:06PM
श्रावण ४ गते २०८२

राष्ट्रिय वाणिज्य बैंकले ब्याज भुक्तानीमा ५ प्रतिशत छुट दिने

असार ४ गते २०८०
2:06 pm
Author Avatar
आर्थिक मञ्च

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने भएको छ ।

बैंकले जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब) जतिसुकै अवधिको ओभरडियू, नर्मल तथा प्यानल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गर्ने भएको हो ।
बैंकले ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता र जम्मा गर्ने साथै उक्त अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको छ ।

रिप्लाई गर्नुहोस