04:37PM
कार्तिक २७ गते २०८१

कनेक्ट आइपीयसको क्यासब्याक अफर सर्बजनिक

असार ४ गते २०८०
1:04 PM
Author Avatar
आर्थिक मञ्च

कनेक्ट आइपीयसले क्यासब्याक अफर सर्बजनिक गरेको छ । आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी क्यासब्याक अफर ल्याएको हो ।
जसमा कनेक्ट आईपीएसमार्फत लाइफ इन्स्युरेन्स कम्पनीको प्रिमियक भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।
साथै अन्तिममा एक जना भाग्यशाली विजेताले २० हजार ८० रुपैयाँ क्यासब्याक समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । हरेक हप्तामा छानिएका भाग्यशाली विजेताहरूको जानकारी एसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
साथै इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवेमार्फत गरिएको लाइफ इन्स्युरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र यो अफर लागू हुनेछ ।

रिप्लाई गर्नुहोस