नेपाल मल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा

पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई हराउदै विजयी प्राप्त गरेको छ ।
माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित गर्दै विजयी हासिल गरेको हो । नेपालको यो तेस्रो जित हो । यस ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रहयो ।
यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा रह्यो । ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहने छ ।
