08:39AM
जेठ १ गते २०८२

प्रतिकित्ता ५० रुपैयाँमा हकप्रद शेयर

असार ४ गते २०८०
11:32 AM
Author Avatar
आर्थिक मञ्च

एक कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमा आठ सय प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । साङ्गे विद्युत कम्पनी लिमिटेडले आठ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
सञ्चालक समितिको बैठकले असार १९ गतेदेखि सो अनुपातमा हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको छ । २३ लाख ६८ हजार १२२ कित्ता शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ । उक्त हकप्रद शेयरमा यहि असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले आफ्नो शेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले उक्त शेयर साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन दिन सकिने कम्पनीले जनकारी दिएको छ ।

रिप्लाई गर्नुहोस