‘बगान’ चाडै प्रदर्शनमा आउने

अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’ २९ असारबाट प्रदर्शनमा आउने भएको छ । प्रस्तुतकर्तामा सुरेश वाग्ले र कार्यकारी निर्मातामा विनोद मानन्धर रहेको छन् भने निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिल कार्की, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाललगायत कलाकारकोको अभिनय रहेको छ । अभिनेता आकाश श्रेष्ठ भने अथिति भूमिकामा छन् ।
फिल्ममा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी/उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ ।
