आजदेखि सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने

उपत्यका बाहिर जाने सवारी साधन आजदेखि नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् ।
काठमाडौँ महानगरबाट बाहिर जाने लामो, मध्यम तथा छोटो दुरीका यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय महानगरपालिकाले निर्देशन दिएसँगै लागु भएको हो ।
‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन र धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी साधन रोक्न नपाइने भएको छ ।
