01:47PM
असार २ गते २०८१

प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सम्झौता

जेठ ३२ गते २०८०
11:07 AM
Author Avatar
आर्थिक मञ्च

प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनु प्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रा.लि.का तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा लक्ष्मी कन्टिनेन्टल प्रा.लि.बाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ व्याजदरमा सवारी कर्जा लिन सक्ने व्यवस्था छ । हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।

रिप्लाई गर्नुहोस