11:03PM
चैत्र १३ गते २०८१

नेपाल पेमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध

जेठ ३२ गते २०८०
10:47 AM
Author Avatar
आर्थिक मञ्च

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फतमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो अन्तरालमा ३ लाख भन्दा बढी मर्चेन्टहरुमा आबद्ध गरिनुले नेपालमा क्यूआर सम्बन्धी प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल–पे क्यूआर सञ्चालनमा ल्याइएको हो ।

विभिन्न व्यावसायिक ग्राहकले नेपाल पे क्यूआरमा आबद्ध भई क्यूआरबाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।

रिप्लाई गर्नुहोस