अब आईएमई २३ औं वर्षमा

आईएमई लिमिटेड २३औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा आईएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा आईएमई लिमिटेडका सञ्चालक एवम् आईएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रवर्द्धन गरी फिनटेकको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप परिष्कृत,सरल र विविधीकरण तर्फ लैजाने बताए ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाएर कम्पनीले सेवा प्रवाह गरिरहेको बताए । आईएमई लिमिटेडले आफ्नो विविधिकृत सेवाहरुको माध्यमबाट आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्षरुपमा जोडिँदै अघि बढ्ने उनले बताए ।
उक्त समारोहमा कम्पनीमा १० वर्ष भन्दा लामो समयदेखि सेवारत कर्मचारी तथा कम्पनीमा आवद्ध भएका एजेन्टहरूलाई सम्मान गरिएको थियो ।
वार्षिकोत्सवको अवसर पारेर अयोजना गरिएको अन्तर कम्पनी खेलकुद सप्ताहका विभिन्न प्रतिष्पर्धाका बिजेता र उपबिजेताहरुलाई समेत प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको कम्पनीले बताएको छ ।
