ईसेवा र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतामा विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ।
अब विदेशमा रहेका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नेछन् । सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् ।
