सामसङको ग्यालेक्सी ए२४ एलटीई सार्वजनिक

सासमङले आफ्नो ए–सिरिजमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए२४ एलटीई सार्वजनिक गरेको छ । कम्पनीका अनुसार स्मार्टफोन ‘ग्यालेक्सी ए२४ एलटीई’ मा ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । ८ जीबी र्यामका साथ काम गर्छ।
कम्पनीका अनुसार नयाँ स्मार्टफोनमा ५० एमपीको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपी अल्ट्रावाइड र २ एमपी म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपी सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआईएसले अद्भूत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ । फोनमा छिटो चार्ज हुने ‘टाइप सी’ को तारहरु सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।
६ प्लस १२८ जीबीको ग्यालेक्सी ए२४ को मूल्य २८ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै ८ प्लस १२८ जीबीको मोबाइलको मूल्य ३१ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
