सिट्रोनको नयाँ कार सी ३ नेपाली बजारमा

नेपालका लागि सिट्रोन कारको वितरक सांग्रिला मोटर्सले नयाँ सिट्रोन सी ३ कार नेपाली बजारमा सार्वजनिक गरेको छ ।
गाडीले नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकहरूको मन तान्न सक्ने कम्पनीको विश्वास छ । भारतमा निर्मित सिट्रोन सी३ एक कम्प्याक्ट एसयूभी हो ।
नेपालका पाँच प्रमुख शहरहरू काठमाडौं, विर्तामोड, इटहरी, नारायणगढ र बुटवलमा रहेका सिट्रोनका आधिकारिक शोरुमहरूमा सी३ टेस्ट ड्राइभ र बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले बताएको छ। कम्पनीका अनुसार नयाँ सिट्रोन सी ३ पी लाइभको मूल्य ३४ लाख ४९ हजार र पी फिल भाइब प्याकको ३६ लाख ४९ हजार रूपैयाँ मूल्य रहेको छ ।
