राष्ट्रपतिले एसिया कपमा छनोट भएका खेलाडीलाई बधाई दिए

नेपाल एसिया कप क्रिकेटमा छनोट भएका खेलाडी, प्रशिक्षक र सम्बन्धित पदाधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् ।
मंगलबार अपरान्ह एक बधाई सन्देश जारी गरी उनले युनाइटेड अरब इमिरेट्सलाई हराएर एसीसी प्रिमियर कपको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई दिएका हुन् ।
आज भएको खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै एसिया कपमा छनोट भएको थियो ।
खेलको क्रममा नेपाली खेलाडीहरुले देखाउनुभएको दक्षता, धैर्यता, लगनशीलता र अनुशासनको राष्ट्रपतिले प्रशंसा गरेका छन् । राष्ट्रपति पौडेलले भविष्यमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गर्न र आगामी प्रतियोगिताहरुको लागि पनि शुभकामना दिएका छन् ।
