03:21PM
चैत्र १४ गते २०८१

ओलीमाथि ढुङ्गामुढाको प्रयास – प्रमुख सचेतक पदम गिरी

वैशाख १३ गते २०८०
11:22 AM
Author Avatar
आर्थिक मञ्च

झापाको कार्यक्रमका लागि गएका पार्टी अध्यक्ष केपी ओलीमाथि अभद्र व्यवहार भएको कुरा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सदनलाई जानकारी गराएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै गिरीले अध्यक्ष ओली झापाको भद्रपुर एयरपोर्टबाट बुधबारेको कार्यक्रम स्थलमा पुग्नलाग्दा उनीविरुद्ध होहल्ला गर्ने, पार्टी गतिविधि गर्न लाग्दा अवान्छित गतिविधि गर्ने, शान्ति भंग गर्ने गतिविधि भएकोप्रति आपत्ति जनाएका छन् । कार्यक्रमस्थलमा ढुङ्गामुडा गर्ने, कार्यक्रम भाँड्ने कोशिस भएको बताउँदै त्यसमा सत्तापक्षकै कार्यकर्ता घुसपैठ गराइएको दावी समेत गरे ।

उनले भने– ‘अवान्छित गतिविधिहरु गर्ने, शान्ति भंग गर्ने खालका गतिविधि त्यहाँ भएका छन् । हामी नेकपा एमाले शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छौँ । हामी यो मुलुकमा लोकतन्त्र संस्थागत भएको हेर्न चाहन्छौँ ।

रिप्लाई गर्नुहोस